एजेन्सी । युभेन्ट्सका फरवार्ड पाउलो ड्याबालाले सिरि ए 'प्लेयर अफ दी ईयर' अवार्ड प्राप्त गरेका छन् ।
क्लबका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ड्याबालाले यस सिजनको 'प्लेयर अफ दी ईयर' अवार्ड हात पारेका हुन् ।
सिरि एले बार्षिक रुपमा प्रदान गरिने अवार्ड ड्याबालालाई दिने निर्णय गरेको हो । रोनाल्डोले दोस्रो सिजन सो अवार्ड प्राप्त गर्न सकेनन् । पहिलो सिजनमा उनले सो अवार्ड प्राप्त गरेका थिए ।
ईटालियन फुटबलको सर्वोच्च संस्थाले अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडीलाई मुल्यवान खेलाडीको रुपमा अवार्ड प्रदान गरेको हो ।

ड्याबालाले यस सिजन ३३ खेलमा ११ गोल गरेका थिए । उनले ११ गोलको अवसर समेत सिर्जना गरेका थिए ।
रोनाल्डो युभेन्ट्समा आएपछि ड्याबाला नयाँ भूमिकामा आफुलाई स्थापित गर्न प्रयासरत छन् । मौरिसियो सर्री युभेन्ट्स आएपछि ड्याबालालाई नयाँ जिम्मेवारी दिएका छन् ।
प्लेमेकरको जिम्मेवारी पाएका ड्याबालाले लगातार नवौं पटक युभेन्ट्सलार्ई लिग जिताउन महत्वपूर्ण जिम्मेवारी निर्वाह गरे ।
रोनाल्डोले यस सिजन सिरि एमा ३१ गोल गरेका थिए । उनी लाजियोका इम्मोबिलसंग सर्वाधिक गोलकर्ताको दौडमा ५ गोलले पछि परे ।