एजेन्सी । म्यानचेस्टर युनाइटेडका युवा डिफेन्डर ब्रानडन विलियम्सले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
१९ वर्षे डिफेन्डर विलियम्सले मंगलबार क्लबसँग नयाँ सम्झौता गरेका हुन् ।
नयाँ सम्झौतासँगै विलियम्स सन् २०२४ सम्म क्लबमा रहने छन् ।
सात वर्षको उमेरमा युनाइटेडको एकेडेमीमा भर्ना भएका विलियम्सले सिनियर टिमबाट ३३ खेल खेलिसकेका छन् ।
'क्लबसँग नयाँ सम्झौता मेरो र परिवारको गर्वको बिषय हो,' सम्झौतापछि विलियम्सले भनेका छन् ।
विलियम इंग्ल्यान्डको यू-२० टोलीका सदस्य समेत हुन् ।