एजेन्सी । इंग्लिस क्लब चेल्सीका फरवार्ड पेड्रोको काँधको चोटको शल्यक्रिया गरिएको छ ।
एफए कपको फाइनल अन्तर्गत आर्सनलसँगको खेलमा पेड्रोले काँधको चोट बोकेका थिए ।
पेड्रोले मंगलबार सामाजिक संजाल इन्स्टाग्रामबाट चोटको सफल शल्यक्रिया भएको बताएका छन् ।
'शल्यक्रिया सफल भयो । म चाडै मैदान फर्कनेछु,' उनले लेखेका छन्,'दुखको कुरा हामीले एफए कप जित्न सकेनौं । सपोर्टका लागि धन्यवाद ।'
वेम्बलीमा भएको फाइनलमा चेल्सीलाई २-१ ले हराएर आर्सनलले उपाधि जितेको थियो ।
तर, पेड्रोले सिजनको अन्त्यसँगै चेल्सी छाड्ने बताईएको छ ।
स्पेनिस फरवार्ड इटालियन क्लब रोमा जाने बताईएको छ ।
चेल्सीमा पाँच वर्ष बिताईसकेका पेड्रो च्याम्पियन्स लिगसम्म लण्डनमा रहनेछन् ।
