ह्यामिल्टनलाई ब्रिटिस ग्राण्ड प्रिक्स
सोमबार, १९ श्रावण २०७७खेलपाटी संवाददाता

एजेन्सी । मर्सिडिजका चालक लुइस ह्यामिल्टनले ब्रिटिस ग्राण्ड प्रिक्स फर्मुला वानको उपाधि जितेका छन् ।
ह्यामिल्टनले आइतबार राति रेड्बुलका म्याक्स भेर्स्टापेनलाई पछि पार्दै उपाधि जितेका हुन् । उनले सातौं पटक ब्रिटिस ग्राण्ड प्रिक्सको उपाधि जितेका हुन् ।
बेलायती चालक ह्यामिल्टनले उपाधि जित्न असाधारण प्रदर्शन गरेका थिए । रेसको दौरान उनको गाडीको लेफ्टतर्फको टायर बिग्रेको थियो । तर, पनि उनले भेर्स्टापेनलाई पछि पार्न सफल भएका थिए ।
यस अघि हंगेरियन ग्राण्ड प्रिक्सको उपाधि जितेका थिए ।
यस्तै फेरारीका चालक चार्ल्स लेकलेर्क तेस्रो स्थानमा रहे ।
रेनाउल्टका चालक डानिल रिकार्डो चौंथो र म्याकलरेनका लान्डो नोरिस पाँचौं स्थानमा रहे ।






%20(2)-1765947464452.png&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)




-1766460697450.webp&w=3840&q=75)

