फर्मुला वानका चालक पेरेजलाई कोरोना
शुक्रबार, १६ श्रावण २०७७खेलपाटी संवाददाता

एजेन्सी । फर्मुला वान टिम रेसिङ पोइन्टका चालक सर्जियो पेरेजलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
रेसिङ पोइन्टले चालक पेरेजलाई कोरोना पोजेटिभ देखिएको पुस्टि गरेको छ ।
कोरोना देखिएपछि मेक्सिकन चालक पेरेजले ब्रिटिस ग्राण्ड प्रिक्स गुमाउने भएका छन् ।
३० वर्षीय पेरेज कोरोना देखिने पहिलो फर्मुला वान चालक हुन् ।
उनी अहिले सेल्फ आईसोलेसनमा रहेको बताईएको छ ।
यस्तै रेसिङ पोइन्टले उनी पुर्णरुपमा स्वस्थ्य रहेको समेत बताएको छ ।






%20(2)-1765947464452.png&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)




-1766460697450.webp&w=3840&q=75)

