एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब वेष्ट ह्याम युनाइटेडले मिडफिल्डर टोमस सौसेकले स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
वेष्ट ह्यामले लोनमा खेलिरहेका सौसेकसँग शुक्रबार स्थायी खेलाडीको रुपमा सम्झौता गरेको छ ।
सौसेकले लण्डन क्लबसँग चार वर्षे सम्झौता गरेका छन् । सौसेक सन् २०२४ सम्म वेष्ट ह्याममा रहने छन् ।
चेक रिपब्लिकका सौसेक गत जनवरीमा लोनमा वेष्ट ह्याम आएका थिए ।
स्लाभिया प्रागबाट क्लब आएका सौसेकले उत्कृष्ट प्रदर्शन गरेपछि वेष्ट ह्यामले अनुबन्ध गरेको हो ।
यस सिजन सौसेकले १२ प्रिमियर लिग खेलमा ३ गोल गरेका छन् ।
