काठमाडौं ।खालीबारी एफसीले १५ औं दिनेश स्मृति गाइजात्रा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । खालीबारीले फाइनलमा आयोजक नमुना खेलकुद क्लबलाई टाइब्रेकरमा २–१ ले पराजित गर्यो ।
उपाधिसंगै खालीबारीले २० हजार प्राप्त गरेको छ । उपविजेता नमुनाले १० हजार रुपैया पुरस्कार पाए । पेनाल्टी सुटआउटको उपाधि झम्सीखेल एफसीले हात पार्यो । उपाधिसंगै झम्सिखेलले ५ हजार रुपैया पुरस्कार पायो ।
प्रतियोगितामा आयोजक नमुनाका पासाङ लामा उत्कृष्ट खेलाडी तथा खालीबारीका आशिष तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए ।
विजेतालाई प्रमुख अतिथी प्रदेश सभा सदस्य लाल कुमारी पुन लगायतले पुरस्कृत गरे । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।