एजेन्सी । इंग्लिस क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले ‘प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् ।
यस सिजनको उत्कृष्ट खेलाडी बन्दै हेन्डरसनले फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘प्लेयर अफ दि इयर’ अवार्ड जितेका हुन् ।
एसोसिएसनले शुक्रबार मिडफिल्डर हेन्डरसनलाई ‘प्लेयर अफ दि इयर’ घोषित गरेको हो ।
अवार्ड जित्ने क्रममा उनले लिभरपुलकै भिर्गिल भान डाइक, साडियो माने, म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन र म्यानचेस्टर युनाइटेडका मार्कुस राष्फोर्डलाई पछि पारे ।
हेन्डरसनको नेतृत्वमा लिभरपुलले यस सिजन प्रिमियर लिगको उपाधि जितेको छ ।
लिभरपुलले ३० वर्ष पछि पहिलो पटक उपाधि जितेको हो ।