एशियन गेम्स : प्याराग्लाईडिङमा नेपाल पदक नजिक
मंगलबार, भदौ १२, २०७५खेलपाटी संवाददाता
काठमाडौं । एशियन गेम्स अन्तर्गत नेपाल प्याराग्लाईडिङमा पदक नजिक पुगेको छ । पुरुष टिम क्रस कन्ट्रीमा नेपालले पदकको सम्भावना देखाएको छ ।
चौथो चरणको खेल सकिदाँ नेपाल दोस्रो स्थानमा छ । अन्तिम चरणको खेल बाँकी रहदा नेपालले शीर्ष तीन भित्र पर्ने सम्भावना देखाएको छ ।
चौथो चरणसम्मको खेलमा जापान पहिलो, नेपाल दोस्रो र दक्षिण कोरिया तेस्रो स्थानमा छ । प्याराग्लाईडिङ, नेपालले पदकको अपेक्षा गरेको खेल हो ।
बक्सिङ, तेक्वान्दो र कराँतेमा नेपालको पदक सम्भावना सकिएपछि नेपालले आश प्याराग्लाईडिङमा अडिएको छ ।








-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

