एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (मंगलबार) म्यानचेस्टर सिटीले वाट्फोर्डसँग प्रतिस्पर्धा गर्दैछ ।
सिटीले वाट्फोर्डसँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार १०:४५ बजे सुरु हुनेछ ।
वाट्फोर्डको मैदानमा सिटी जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । सिटी जित निकाल्दै च्याम्पियन तथा लिग लिडर लिभरपुलसँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।
दोस्रो स्थानको सिटीले ३६ खेलमा ७५ अंक जोडेको छ । सिटी लिभरपुल भन्दा १८ अंकले पछि रहेको छ । लिभरपुलको ९३ अंक रहेको छ ।
यता, वाट्फोर्ड रेलिगेसन क्षेत्र भन्दा एक स्थान माथि रहेको छ । घरेलु मैदानमा वाट्फोर्ड सिटीलाई हराएर रेलिगेसनको खतराबाट माथि निस्कन चाहन्छ ।
वाट्फोर्ड ३४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
अर्को खेलमा छ । एस्टनको मैदानमा हुने खेल राति १ बजे सुरु हुनेछ ।
आर्सनल जित निकाल्दै अंक तालिका सुधार आर्सनलले एस्टन भिल्लासँग खेल्नेगर्ने लक्ष्यमा हुनेछ । १० औं स्थानको आर्सनलको ५३ अंक रहेको छ । ३१ अंक जोडेको एस्टन रेलिगेसन क्षेत्रमा रहेको छ ।