एजेन्सी । एजेन्ट जोनाथन बर्नेटले रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले क्लब नछाड्न प्रष्ट पारेका छन् ।
उनले बेल विश्वका उत्कृष्ट खेलाडी रहेको उल्लेख गर्दै उनी अन्य क्लबमा लोनमा समेत नजाने बताएका हुन् ।
कोरोनाका कारण अबरुद्ध सिजन पुन सुरु भएपछि बेलले रियलको जर्सीमा मात्र दुई खेलमा मौका पाएका थिए ।
प्रशिक्षक जिनेदिन जिदानले लिगको अन्तिम प्रतिस्पर्धामा लेगानेसबिरुद्ध २–२ को बराबरी भएको खेलमा बेललाई टिम बाहिर राखेका थिए ।
बेल पछिल्लो समय रियलको प्लेयर बक्समा निकै निराश देखिएका थिए । यस सिजन बेलले रियलका लागि २० खेलमा मात्र तीन गोल दिएका छन् । ला लिगाको उपाधि जितेको समय बेल टिमको छेउमा उभिएर खुसी मनाएको देखिन्थे ।
रियलका बाँकी खेलाडी जिदानलाई उठाएर उपाधिको खुसी मनाएको देखिन्थे । तर ३१ बर्षिया खेलाडी आफ्नो अनुहार बाहिरतर्फ डुलाईरहेका थिए । बेलको पछिल्लो गतिविधिले स्यान्टियागो बर्नवेउमा उनको भविष्यमाथि प्रश्न चिन्ह खडा भएको छ ।

जिदानसंगको सम्बन्ध कारण धेरैले बेललाई रियल छाड्न सुझाव दिईरहेका छन् । तर बेलका एजेन्ट बर्नेटले आफ्ना खेलाडी रियलमै अडिने दाबी गरेका छन् ।
'बेल ठिक छन् । उनको सम्झौता अझै दुई बर्ष बाँकी छ ।' वेल्सका अन्तराष्ट्रिय फरवार्डका एजेन्टले भनेका छन् ।
'उनी मड्रिडमा रहन मन पराउँछन् । उनी बाहिर जाने छैनन् ।' बर्नेटले भनेका छन् ।
'उनी टिममा अझैपनि अरु भन्दा राम्रो छन् । बाँकी जिदानमा निर्भर छ ।' उनले भने ।
'उनलाई धेरै क्लबले चाहेका छन् । तर धेरै क्लब उनलाई लिन सक्दैनन् ।' बर्नेटले भने, 'यो ठुलो नोक्सान हो, उनी रियलको टिममा छैनन । तर उनले क्लब छाड्ने छैनन् ।'
बेल लोनमा अन्य क्लबमा जाने सम्भावनाका बिषयमा बर्नेटले भने, 'उनी युरोकप खेल्न चाहन्छन् । उनी सधै वेल्सबाट खेल्न चहाहन्छन् । उनी विश्वका उत्कृष्ट खेलाडी हुन् । र उत्कृष्ट खेलाडी कहिल्यै लोनामा खेल्न जादैनन् ।'
एजेन्ट बर्नेटले बेल र जिदानबीच कुनै खराब सम्बन्ध नभएको बताएका छन् । तर पनि बेल पहिलो टिममा स्थान बनाउन संघर्षरत छन् ।