एजेन्सी । स्पेनिस क्लब भिल्ला रियलका लिजेण्ड मिडफिल्डर सान्टी काजोर्लाले कतारी क्लब अल सादबाट खेल्ने भएका छन् ।
आर्सनलका पूर्व मिडफिल्डर समेत रहेका काजोर्लाले सोमबार आफु अल सादमा अनुबन्धित भएको जनाएका छन् ।
काजोर्लाले आइतबार भिल्ला रियलका लागि अन्तिम खेल खेलेका थिए । ला लिगा अन्तर्गत सिजनको अन्तिम खेलमा भिल्लाले इबरसँग खेलेको थियो । भिल्लाले इबरलाई ४-० ले हराएर काजोर्लाको सुखद विदाई गरेका थिए ।

कतारी लिग च्याम्पियन अल सादले पनि सोमबार काजोर्लालाई अनुबन्ध गरिएको जनाएको छ ।
अल सादमा काजोर्लाका पूर्व टिम मेट जाभी मुख्य प्रशिक्षक रहेका छन् ।
काजोर्ला सन् २०१८ मा आर्सनलबाट भिल्ला फर्किएका थिए । काजोर्लाले यस सिजन भिल्लाका लागि ११ गोल गरेका थिए ।
