टोटेनहमलाई आत्मघाति गोल उपहार

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा टोटेनहमले एभर्टनलाई हराएको छ । सोमबार राति घरेलु मैदानमा टोटेनहमले एभर्टनलाई १–० ले हरायो ।
खेलको २४ औं मिनेटमा माईकल किनको आत्मघाति गोल टोटेनहमको जितमा पर्याप्त बन्यो । प्राप्त जितसंगै टोटेनहमले अर्को सिजन युरोपा लिग खेल्ने सम्भावना बलियो बनायो ।
प्रशिक्षक जोसे मौरिन्होले प्रिमियर लिगमा २ सय खेलमा जितको कोशेढुङ्गा पार गरे । पहिलो हाफमा मैदान छोड्ने क्रममा कप्तान ह्युगो लोरिस र दक्षिण कोरियन फरवार्ड सन ह्युग मिन विवादमा उत्रिएका थिए ।
घरेलु टोलीका दुवै खेलाडी हातपातमा उत्रिएपछि क्लबका अन्य खेलाडीले सम्हाल्नु परेको थियो । तर पुरा खेल सकिएपछि दुवै खेलाडी अंकमाल गर्दै मैदान छाडेका थिए ।
टोटेनहम ४८ अंक सहित आठौं स्थानमा उक्लिएको छ । टोटेनहम पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेड भन्दा ७ अंकले पछाडी रहेको छ ।
एभर्टन ४४ अंक सहित ११ औं स्थानमा छ ।