एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन बनिसकेको लिभरपुलले सहज जित निकालेको छ ।
घरेलु मैदानमा आइतबार राति लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एनफिल्डमा लिभरपुललाई जित दिलाउन साडियो माने र कुर्टिस जोन्सले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औं मिनेटमा मानेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ९० औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए । जोन्सले शनिबार मात्रै क्लबसँग नयाँ सम्झौता गरेका थिए ।
जितसँगै शीर्ष स्थानको लिभरपुलले ३३ खेलबाट ८९ अंक जोडेको छ । लिभरपुलले लिगको उपाधि यस अघि नै जितिसकेको छ ।
यो जितपछि लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २३ अंकको अग्रता समेत बनाएको छ ।

दोस्रो स्थानको सिटीको ३२ खेलमा ६६ अंक रहेको छ ।
एस्टन २७ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा न्युकासल र वेष्ट ह्यामले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
