एजेन्सी । कतारी क्लब अल सादका मुख्य प्रशिक्षक जाभी थप एक वर्ष क्लबमै रहने भएका छन् ।
स्पेनिस लिजेण्ड जाभीले आइतबार क्लबसँग थप एक सिजन क्लबमा रहने गरी नयाँ सम्झौता गरेका छन् ।
सम्झौतासँगै जाभी २०२१ सम्म अल सादमा रहने छन् । जाभीले अल सादलाई दुई उपाधि दिलाएका छन् ।
पछिल्लो समय बार्सिलोनाका प्रशिक्षक बन्ने चर्चा चलिरहेको बेला जाभीले क्लबसँग नयाँ सम्झौता गरेका हुन् ।
जाभीले समेत पछिल्लो समय आफु बार्सिलोनाको प्रशिक्षक बन्न चाहेको बताउदै आएका थिए ।
बार्सिलोनाका लिजेण्ड जाभीले बार्सिलोनामा १७ वर्ष बिताएका थिए ।
जाभीले सन् १९९८ देखि २०१५ सम्म बार्सिलोनाका लागि ७५० खेल खेलेका थिए ।
बार्सिलोनाका लागि जाभीले २५ उपाधि जितेका थिए ।