एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नली र सेफिल्ड युनाइटेडले बराबरी खेल्दै अंक बाडेका छन् ।
आइतबार भएको खेलमा बर्नली र सेफिल्डले १-१ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बर्नली बराबरीमा रोकिएको हो ।
खेलको ४३ औं मिनेटमा जेम्स तार्कोव्सकीले गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ९० औं मिनेटमा जोन इगानले गोल सेफिल्डलाई हारबाट जोगाए ।
बराबरीसँगै आठौं स्थानको सेफिल्डले ४८ अंक जोडेको छ ।
नवौं स्थानको बर्नलीको ४६ अंक रहेको छ ।