एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा उल्भ्सलाई २-० गोल अन्तरले पराजित गर्दै आर्सनलले सहज जित निकालेको हो ।
उल्भ्सको मैदानमा आर्सनललाई जित दिलाउन बुकायो साका र एलेक्सजेन्डर लाकाजेट्ले एक एक गोल गरे ।
खेलको ४३ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई १-० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा लाकाजेट्ले गोल गर्दै आर्सनललाई २-० को जितसहित महत्वपूर्ण ३ अंक दिलाए ।
जितसँगै आर्सनल लिगको सातौं स्थानमा उक्लिएको छ । आर्सनलले ३३ खेलमा ४९ अंक जोडेको छ ।
५२ अंक जोडेको उल्भ्स छैटौं स्थानमा रहेको छ ।
