एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा लेष्टरले क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भार्डीले दुई गोल गरे । यस्तै केलिची इहेनाचोले एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लेष्टरले तीन गोल गरेको थियो ।
खेलको ४९ औं मिनेटमा केलिचीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ७७ औं मिनेटमा भार्डीले गोल गर्दै लेष्टरलाई २-० को अग्रता दिलाए । यससँगै उनले प्रिमियर लिगमा १०० गोल पुरा गरे ।
त्यसपछि खेलको इन्जुरी समयमा भार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई ३-० को जित दिलाए ।
जितसँगै लेष्टरले ३३ खेलबाट ५८ अंक जोडेको छ । लेष्टर लिगको तेस्रो स्थानमा रहेको छ ।
पराजित क्रिस्टल ४२ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।