एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (शनिबार) विभिन्न तीन खेल हुँदैछ ।
सिरी 'ए' मा शनिबार लिग लिडर युभेन्ट्स, लाजियो, सासौउलो, एसी मिलान लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
उपाधिको प्रमुख दाबेदार युभेन्ट्सले घरेलु मैदानमा टोरिनोसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा युभेन्ट्स सहज प्रतिद्वन्द्वीविरुद्ध सहज जितको खोजीमा हुनेछ । सहज जितसँगै युभेन्ट्स शीर्ष स्थानको अग्रता कायम राख्न चाहन्छ ।
तर, टोरिनो पनि युभेन्ट्सलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
लिगमा युभेन्ट्सले २९ खेलमा ७२ अंक जोडेको छ । १५ औं स्थानको टोरिनोको ३१ अंक रहेको छ ।
यस सिजन युभेन्ट्स दोस्रो स्थानको लाजियो भन्दा मात्र ४ अंकले अघि रहेको छ ।
शनिबार नै लाजियोले घरेलु मैदानमा एसी मिलानसँग खेल्दैछ । दुई टोलीबीचको खेल राति १:३० बजे सुरु हुनेछ ।
लाजियो मिलानलाई हराएर युभेन्ट्ससँगको अंक दुरी कम गर्न चाहन्छ । मिलान पनि जित निकाल्दै आफुलाई शीर्ष पाँचको दाबेदारमा कायम राख्न चाहन्छ ।
लाजियोको ६८ अंक रहेको छ । सातौं स्थानको मिलानको ४३ अंक रहेको छ ।
सिरी 'ए' अन्तर्गत नै अर्को खेलमा सासौउलोले लेचीसँग खेल्नेछ ।