चेल्सीका कोभासिसले दुई खेल गुमाउने
२०२० जुलाई ३, शुक्रबारखेलपाटी संवाददाता
एजेन्सी । चेल्सीका मिडफिल्डर माटियो कोभासिसले प्रिमियर लिग अन्तर्गत आउने दुई खेल गुमाउने भएका छन् ।
वेस्ट ह्याम युनाइटेडविरुद्धको खेलमा चोट बोकेको कारण कोभासिसले दुई खेल गुमाउने भएका हुन् ।
वेस्ट ह्यामसँग ३-२ गोल अन्तरले पराजित हुँदा उनले एखिलिसको चोट बोकेका थिए ।
चोट बोकेपछि क्रोएसियाका कोभासिस खेलको ५३ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
चेल्सीले शनिबार वाट्फोर्डसँग खेल्दैछ । वाट्फोर्डसँग खेल्ने टिममा उनी परेका छैनन् ।