'ब्रुएन विश्वकै उत्कृष्ट मिडफिल्डर'
२०२० जुलाई ३, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले केभिन डी ब्रुएन विश्वकै उत्कृष्ट मिडफिल्डर भएको बताएका छन् ।
प्रशिक्षक ग्वार्डिओलाले ब्रुएन अन्य खेलाडी भन्दा फरक रहेको र अहिले विश्वकै उत्कृष्ट मिडफिल्डर भएको बताए ।
प्रिमियर लिग अन्तर्गत बिहीबार राति लिभरपुलसँगको खेलमा ब्रुएनले एक गोल गरेका थिए । जुन खेल सिटीले ४-० ले जितेको थियो ।
'उ साच्चै राम्रा खेलाडी हुन् । उसमा केहि फरकपन छ । उनी निश्चित लक्ष्यसहित दौडने गर्छ,' ग्वार्डिओलाले भने, 'अहिले मिडफिल्ड पोजिसन धेरै राम्रो छ ।'
बेल्जियमका मिडफिल्डर ब्रुएन सन् २०१५ मा सिटी आएका थिए ।
२९ वर्षे ब्रुएनले सिटीका लागि ३४ गोल समेत गरिसकेका छन् ।
यस्तै प्रशिक्षक ग्वार्डिओलाले ब्रुएनले अझै राम्रो गर्ने सकेन समेत बताए ।
'पक्कै पानी उनी अहिलेको भन्दा राम्रो हुन सक्छन,' ग्वार्डिओलाले थपे ।