सेते दाइको परिवारलाई सहयोग
शुक्रबार, १९ असार २०७७खेलपाटी संवाददाता

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा कार्यरत दिवंगत कर्मचारी जयबहादुर तामाङ (सेते दाइ) को परिवारलाई नेप्लिज क्यानेडियन क्रिकेट क्लबले आर्थिक सहयोग गरेको छ ।
नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य नरेश बहादुर बुढाएर र महेश क्षेत्रीको अगुवाईमा क्लबले सेते दाइको परिवारलाई १ लाख आर्थिक सहयोग गरेको हो ।
क्लबले पठाएको सहयोग रकम शुक्रबार सिप्यानका अध्यक्ष मनिस राज पाण्डेले सेते दाइको श्रीमतीलाई प्रदान गरे ।
रकम हस्तान्तरण गर्दै सिप्यानले क्लब र खेलाडीहरुलाई धन्यवाद दिएका थिए ।
लामो समयबाट त्रिवि मैदानमा काम गर्दै आएका सेते दाइको गत चैतमा निधन भ्येजो थियो ।
मृगौला पीडित सेते दाइको निधनपछि उनको परिवारलाई क्रिकेटसँग आबद्द संस्थाहरुले सहयोग गर्दै आइरहेको छ ।








%20(2)-1765947464452.png&w=3840&q=75)

-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)



