एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शुक्रबार) एक खेल हुँदैछ ।
ला लिगामा शुक्रबार एट्लेटिको मड्रिड र मालोर्काबीच खेल हुनेछ ।
बलियो टिम एट्लेटिको र मालोर्काबीचको खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा एट्लेटिको सहज जितको खोजीमा हुनेछ । यस्तै एट्लेटिको जित निकाल्दै शीर्ष दुई टोलिसँगको अंक दुरी कम गर्न चाहन्छ ।
लिगको तेस्रो स्थानमा रहेको एट्लेटिकोको ५९ अंक रहेको छ । एट्लेटिको लिग लिडर रियल मड्रिड भन्दा १५ र बार्सिलोना भन्दा ११ अंकले पछि रहेको छ ।
यता, मालोर्का एट्लेटिकोविरुद्ध अप्रत्यासित नतिजा निकाल्ने योजनामा हुनेछ ।
मालोर्का रेलिगेसन क्षेत्रबाट माथि उक्लन प्रयास गरिरहेको छ । एट्लेटिकोलाई हराउँन सके मालोर्कालाई थप राहत मिल्नेछ ।
मालोर्का २९ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।