एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले जर्मनीका विंगर लोरी सानेलाई अनुबन्ध गरेको छ ।
बुन्डेसलिगा च्याम्पियन बायर्नले सानेलाई इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट अनुबन्ध गरेको हो ।
सानेले शुक्रबार बायर्नसँग पाँच वर्षे सम्झौता गरेका छन् । सम्झौतासँगै साने २०२५ सम्म बायर्नमा रहने छन् ।
बायर्नले सानेको अनुबन्ध मूल्य खुलाएको छैन । तर, साने करिब ६० मिलियन युरोमा बायर्न आएको बताईएको छ ।
'बायर्न एक ठुलो क्लब हो । जसको ठुला लक्ष्य छन् । ती लक्ष्यहरु मलाई उपयुक्त लाग्यो,' बायर्नमा अनुबन्ध भएपछि सानेले भने, 'म नयाँ चुनौतीको प्रतिक्षामा छु ।'

२४ वर्षे सानेले सिटीमा ४ वर्ष बिताए । साने जर्मन क्लब साल्केबाट सन् २०१६ मा सिटी आएका थिए ।
सानेले सिटीका लागि २ प्रिमियर लिग, २/२ लिग कप र कम्युनिटी शिल्डको उपाधि जित्दा एक एफए कप जितेका छन् ।
सानेले सिटीका लागि १ सय ३५ खेलमा ३९ गोल र ४५ गोलका लागि पास उपलब्ध गराएका थिए ।