एजेन्सी । प्रिमियर लिग च्याम्पियन लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले पाएको मौका सदुपयोग गर्न नसक्दा म्यानचेस्टर सिटीसँग पराजित हुनु परेको बताएका छन् ।
प्रिमियर लिग अन्तर्गत बिहीबार राति लिभरपुल सिटीसँग ४-० ले पराजित भएको थियो ।
खेलपछि बोल्दै प्रशिक्षक क्लोपले सिटीले धेरै राम्रो खेलेको र आफ्नो टिमले पाएको धेरै मौका गुमाएको बताए ।
'सिटीसँगको खेलमा हामीमा धेरै समस्या छ । हामीलाई धेरै पनि मौका थियो । तर, हामीले त्यसलाई प्रयोग गर्न सकेनौं । हामीले नतिजा स्विकार्नु पर्छ,' क्लोपले भने ।
सिटीको मैदानमा पराजित भएपनि लिभरपुलले शीर्ष स्थानको अग्रता २० अंकले कायम राखेको छ । दोस्रो स्थानको सिटीको ६६ अंक छ । उपाधि विजेता लिभरपुलको ८६ अंक रहेको छ ।
तर, लिभरपुलले लिगको उपाधि यस अघि नै जितिसकेको छ । गत साता चेल्सीसँग सिटी पराजित भएपछि लिभरपुलले ३० वर्ष पछि लिगको उपाधि जितेको थियो ।
यस्तै क्लोपले यस सिजन सिटीले खराब खेल नखेलेको समेत बताए ।
'सिटी अविश्वसनीय छ । मैले तिनीहरूको सिजन देखेको छु । उनीहरूले नराम्रो खेल खेलेका छैनन्,' क्लोपले भने ।