एजेन्सी । ईन्टर मिलानले डिफेन्डर अचरफ हाकिमीलाई रियल मड्रिडबाट अनुबन्धन गरेको छ । सिरि ए क्लब ईन्टर मिलानले रियल मड्रिडका डिफेन्डरलाई ५ बर्षका लागि क्लबमा अनुबन्धन गरेको हो ।
२१ बर्षका मोरक्कोका डिफेन्डरले रियल मड्रिडबाट मात्र १७ खेल खेल्न पाएका छन् । उनी पछिल्लो दुई सिजन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डबाट लोनमा खेलिरहेका थिए ।
ईन्टरले हाकिमीका लागि ३६ मिलियन पाउण्ड रकम खर्च गरेको छ ।
रियलले हाकिमीलाई शुभकामना दिदै नयाँ अध्यायका लागि सुभेच्छा प्रकट गरेको छ ।
हाकिमी डिफेन्डरको रुपमा दायाँ, बायाँ दुवै भागमा खेल्न सक्छन् । उनीले डर्टमण्डबाट ७० खेलमा सहभागीता जनाए । उनले जर्मन क्लबका लागि १२ गोल समेत गरेका छन् ।