एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ ।
बिहीबार राति भएको खेलमा टोटेनहम सेफिल्ड युनाइटेडसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा सेफिल्डलाई जित दिलाउन सन्डेर बेर्गे, माउसेट र ओलिभर म्याकब्रुनीले एक एक गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल फर्काए ।
खेलको ३१ औं मिनेटमा सन्डेरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
३३ औं मिनेटमा कप्तान केनले गोल गर्दै टोटेनहमलाई बराबरीमा ल्याए । तर, गोल अग्र्नु अघि फउल भएको भन्दै भीएआरको सहायताबाट रेफ्रीले उनको गोललाई मान्यता दिएन् ।
६९ औं मिनेटमा माउसेटले गोल गर्दा सेफिल्ड २-० ले अघि रह्यो । ८४ औं मिनेटमा ओलिभरले गोल गर्दा घरेलु टिम ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको अन्तिम समयमा केनले एक गोल फर्काएपनि टोटेनहम ३-१ ले पराजित भयो ।
घरेलु मैदानमा जित निकालेसँगै सेफिल्ड लिगको सातौं स्थानमा उक्लिएको छ । सेफिल्डले ३२ खेलमा ४७ अंक जोडेको छ ।
पराजित टोटेनहम ४५ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ ।
सेफिल्डसँगको हारसँगै टोटेनहमको शीर्ष पाँच कठिन बनेको छ ।