एजेन्सी । इंग्लिस क्लब उल्भ्सका फरवार्ड राउल जेमिनेजले आफु क्लबमा खुशी रहेको बताएका छन् ।
म्यानचेस्टर युनाइटेड जाने हल्ला चलिरहेको समय जेमिनेजले आफु क्लबमा खुशी भएको बताएका हुन् ।
'मैले निकै राम्रो महसुस गरेको छु । यहाँ दुई वर्ष अविश्वसनीय रह्यो । मलाई लाग्छ कि हामीले त्यो सम्बन्ध सुरुदेखि नै बनायौं,'जेमिनेजले क्लबको वेबसाइटमा भनेका छन्, 'म धेरै खुशी छु यहाँ ।'
जेमिनेज सन् २०१८ मा क्लब आएका थिए । पछिल्लो समय उनी उल्भ्सका मुख्य खेलाडी रहदै आएका छन् ।
२९ वर्षे मेक्सिकोका फरवार्डले उल्भ्सका लागि ४७ खेलमा २४ गोल गरिसकेका छन् ।