एजेन्सी । लिभरपुलका फरवार्ड मोहमद सलाहले आफु लामो समय क्लबमा बस्न चाहेको बताएका छन् ।
बिन स्पोर्ट्ससँग कुरा गर्दै सलाहले लिभरपुलमै लामो समय बस्न चाहेको बताएका हुन् ।
'यहाको वातावरण रमाईलो छ । म धेरै खुशी छु । मलाई यस ठाउ मन पर्छ र मलाई आशा छ म यहाँ लामो समय बस्ने छु । यहाँको वातावरण अन्य स्थानको भन्दा फरक छ,' सलाहले भनेका छन् ।
इजिप्टका २८ वर्षे फरवार्ड सलाह यस सिजन क्लबका सर्वाधिक गोलकर्ता हुन् । सलाहको प्रेरणादायी प्रदर्शनले लिभरपुलले यस सिजन प्रिमियर लिग जितिसकेको छ ।
लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको हो । गत सिजन लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो ।
'३० वर्षपछि लिगको उपाधि जित्दाको मेरो भावना म बयान गर्न सक्दिन,' लिगको उपाधिबारे सलाहले भने ।
सलाह सन् २०१७ मा लिभरपुल आएका थिए । उनले सन् २०१८मा क्लबसँग पाँच वर्षे नयाँ सम्झौता गरेका थिए ।
सलाहले लिभरपुलका लागि १ सय ४५ खेलमा ९२ गोल गरिसकेका छन् ।