एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (बिहिबार) लिग लिडर रियल मड्रिडले गेटाफेसँग प्रतिस्पर्धा गर्दैछ ।
रियलले घरेलु मैदानमा गेटाफेसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा रियल सहज जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चाहन्छ ।
रियल अर्को उपाधि दाबेदार क्लब बार्सिलोना भन्दा मात्र एक अंकले अघि रहेको छ ।
घरेलु मैदानको जितले भने रियललाई ४ अंकको अग्रता हुनेछ ।
रियलले ३२ खेलबाट ७१ अंक जोडेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ७० अंक रहेको छ ।
छैटौं स्थानको गेटाफेको ५२ अंक रहेको छ । गेटाफे रियललाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा इबरले ओसासुनासँग खेल्नेछ । त्यस्तै रियल सोसिडाडले स्पानियोलसँग खेल्नेछ ।