एजेन्सी । इंगलिस प्रिमियर लिग फुटबलमा उल्भ्सले साँघुरो जित निकालेको छ ।
शनिबार भएको खेलमा उल्भ्सले एस्टन भिल्लालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एस्टनको मैदानमा उल्भ्सलाई जित दिलाउन लियान्डर डेनडन्करले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औं मिनेटमा लियान्डरले निर्णायक गोल गरे ।

जितसंगै उल्भ्स लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै उल्भ्स शीर्ष पाँचमा उक्लिएको हो ।
उल्भ्सले ३२ खेलबाट ५२ अंक जोडेको छ ।
पराजित एस्टन २७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।