एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलको यस सिजन आज (शनिबार) बाट सकिदैछ ।
बुन्डेसलिगामा शनिबार अन्तिम चरणको विभिन्न ९ खेलहरु हुँदैछ ।
लिगको अन्तिम चरणको सबै ९ खेल एकै समयमा सुरु हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।
दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्न म्युनिखले वोल्फ्सबर्गसँग खेल्नेछ ।
बायर्नले वोल्फ्सबर्गसँग उसैको मैदानमा खेल्नेछ ।
बायर्नका लागि यस खेल धेरै महत्वपूर्ण छैन । तर, बायर्न अन्तिम खेल जित्दै उपाधि घर लैजान चाहन्छ ।
लगातार आठौं पटक च्याम्पियन बनेको बायर्नलाई वोल्फ्सबर्गसँगको खेलपछि उपाधि ट्रफी प्रदान गरिनेछ ।
बायर्नले यस सिजन अन्तिम खेल बाँकी रहदा ३३ खेलबाट ७९ अंक जोडेको छ ।
बायर्न दोस्रो स्थानको डर्टमण्ड भन्दा १० अंकले अघि रहेको छ ।
लिगको अन्तिम खेलमा डर्टमण्डले होफेनहाइमसँग घरेलु मैदानमा खेल्नेछ । डर्टमण्डको ६९ अंक रहेको छ ।
तेस्रो स्थानको आरबी लाइपजिगले आउग्सबर्गसँग खेल्नेछ ।
बुन्डेसलिगा अन्तर्गत नै अन्य खेलमा बायार लेवरकुसनले माइन्ज,बोरुसिया मुन्छेनग्लाडबाखले हेर्था बर्लिन र आइनट्राख्ट फ्रान्कफुर्टले पार्डाबोनसँग खेल्नेछ ।
त्यस्तै साल्केले फ्राइबर्ग,युनियन बर्लिनले फोर्टुना डुसलडोर्फ र भेरडाआ ब्रेमेनले कोल्नसँग खेल्नेछ ।