सेभिया बराबरीमा रोकियो
२०२० जुन २७, शनिबारखेलपाटी संवाददाता
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभिया बराबरीमा रोकिएको छ ।
शुक्रबार राति भएको खेलमा सेभिया रियल भायाडोलिटसंग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा एक गोलले पछि परेपनि सेभियाले पाहुना टोलिसंग अंक खोस्न सफल भएको हो ।
खेलको २५ औं मिनेटमा किकोले गोल गर्दै भायाडोलिटलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ८३ औं मिनेटमा लुकास ओकाम्पसले पेनाल्टीमा गोल गर्दै सेभियालाई हारबाट जोगाए ।
त्यसअघि खेलको ५५ औं मिनेटमा सेभियाका म्युनिर इलले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट रेफ्रीले उनको गोललाई अफसाइड दिएका थिए ।
बराबरीसंगै सेभियाले ३२ खेलबाट ५४ अंक जोडेको छ । र, चौंथो स्थानको सेभियाले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
३५ अंक जोडेको भायाडोलिट १४ औं स्थानमा रहेको छ ।