एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (शुक्रबार) लिग लिडर युभेन्ट्सले लिसीसँग प्रतिस्पर्धा गर्दैछ ।
युभेन्ट्सले घरेलु मैदानमा लिसीको सामना गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा कमजोर टिमविरुद्ध मैदान उत्रदा युभेन्ट्स सहज जित निकाल्ने योजनामा हुनेछ ।
युभेन्ट्स रेलिगेसन क्षेत्रको टिमलाई हराएर उपाधि होड बलियो बनाउन चाहन्छ ।
क्रिस्टियानो रोनाल्डो, पाउलो डिबला जस्ता स्टार ल्हेलादीले भरिएको युभेन्ट्सलाई जित निकाल्न कठिन भने छैन ।
यस सिजन उपाधितर्फ लम्किएको युभेन्ट्सले २७ खेलमा ६६ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको लाजियो भन्दा ४ अंकले अघि रहेको छ । लाजियोको ६२ अंक रहेको छ ।
घरेलु मैदानमा जित निकाले युभेन्ट्सले शीर्ष स्थानको अग्रता ७ अंकको बनाउने छ ।
लिसी २५ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ । तर, लिसी युभेन्ट्सविरुद्ध अप्रत्यासित नतिजा निकाल्दै रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।