एजेन्सी । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का तीन खेलाडी र एक स्टाफलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पीएसजीले खेलाडी र स्टाफमा परिक्षण गराउदा तीन खेलाडी र एक स्टाफमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
पीएसजीले कोरोना संक्रमित खेलाडी र स्टाफको नाम भने सार्वजनिक गरेको छैन ।
फ्रेन्च कप, फ्रेन्च लिग कपको फाइनल र च्याम्पियन्स लिगका लागि प्रशिक्षण सुरु गर्नु अघि पीएसजीले खेलाडी र स्टाफमा कोरोना परिक्षण गरेको हो ।
पीएसजीले बिहिबारबाट सानो समूह बनाएर प्रशिक्षण थाल्ने जनाएको छ ।
फ्रेन्च कपको फाइनलमा पीएसजीले सेन्ट इटिने र लिग कपको फाइनलमा पीएसजीले लियोनसँग खेल्नेछ । दुवै फाइनलको मिति तय भएको छैन ।
च्याम्पियन्स लिग भने अगष्टमा हुने तय भईसकेको छ ।
कोरोनाको कारण फ्रेन्च लिग वान भने रद्द भईसकेको छ । लिग रद्द भएपछि शीर्ष स्थानको पीएसजी च्याम्पियन बनिसकेको छ ।