एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा नापोलीले भेरोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
भेरोनाको मैदानमा मिलिकले ३८ औं मिनेटमा गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ९० औं मिनेटमा हिर्भिङ लोजानोले गोल गर्दै नापोलीलाई २-० को जित दिलाए ।
जितसँगै छैटौं स्थानको नापोलीले ४२ अंक जोडेको छ । ३८ अंक जोडेको भेरोना नवौं स्थानमा रहेको छ ।
सिरी 'ए' अन्तर्गत नै अर्को खेलमा पर्माले जिनोआलाई ४-१ ले हराएको छ ।
त्यस्तै काग्लियारीले एसपीएललाई १-० ले हराउँदा टोरिनोले उडिनेसलाई १-० ले हराएको छ ।