एजेन्सी । ब्राजिली स्टार विलियन र स्पेनिस खेलाडी पेड्रोले चेल्सीसंग सम्झौता नविकरण गरेका छन् ।
दुवै विङ्गरले सिजनको अन्तिमसम्म रहने गरि लण्डन क्लबसंग सम्झौता नविकरण गरेका हुन् ।
दुवै खेलाडीको क्लबसंगको सम्झौता जुनको अन्तिममा सकिदै थियो ।

३१ बर्षका विलियनले यस सिजन ३८ खेलमा प्रतिस्पर्धा गरेका थिए । यस्तै, ३२ बर्षका पेड्रोले चोटका कारण १८ खेलमा प्रतिस्पर्धा गरेका थिए ।
दुवै खेलाडी चेल्सीसंग सिजनको अन्तिमसम्म रहनेछन् । दुवैले यस सिजन लिगसंगै एफ ए कपसंगै च्याम्पियन्स लिग चेल्सीबाटै खेल्नेछन् ।

कोरोना भाईरसको महामारीका कारण सिजन प्रभावित बनेपछि प्रिमियर लिगका क्लबलाई अल्पकालिन सम्झौताका लागि अनुमती प्राप्त छ ।
सोही कारण क्लबहरुले सम्झौता सकिन लागेका खेलाडीसंग छोटो समयको सम्झौता गरेका हुन् ।