एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज मंगलबार नापोलीले भेरोनासँग प्रतिस्पर्धा गर्दैछ ।
नापोलीले भेरोनासँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार ११:१५ बजे सुरु हुनेछ ।
गत साता कोपा इटालियाको उपाधि जितेको नापोली भेरोनालाई हराएर अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
लिगको छैटौं स्थानमा रहेको नापोलीको ३९ अंक रहेको छ । भेरोनालाई पराजित गरे नापोलीले शीर्ष पाँच टोलीसँगको अंक दुरी कम गर्नेछ ।
भेरोना पनि नापोलीलाई हराएर शीर्ष ६ मा उक्लन चाहन्छ । ३८ अंक जोडेको नापोली आठौं स्थानमा रहेको छ ।
सिरी 'ए' अन्तर्गत नै अर्को खेलमा एसपीएल र काग्लियारी तथा जियोना र पर्माबीच खेल हुनेछ ।
यस्तै टोरिनोले उडिनेससँग खेल्नेछ ।