एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर स्कट म्याकटोमनीले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
स्कटल्याण्डका म्याकटोमनीले थप पाँच वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गरेका हुन् ।
नयाँ सम्झौतासँगै २३ वर्षे मिडफिल्डर सन् २०२५ सम्म क्लबमा रहने छन् ।
युनाइटेडको एकेडेमीका खेलाडी म्याकटोमनीले सन् २०१७ मा सिनियर टोलीमा डेब्यु गरेका थिए ।
जोसे मोरिन्होले मे महिनामा आर्सनलविरुद्ध म्याकटोमनीलाई मैदान उतारेका थिए ।
उनले यस सिजन २५ खेलमा ५ गोल गरेका छन् ।