शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

एसियन गेम्सको आठौं दिन : नेपालको पदक बिहिन यात्रा कायम

शनिबार, ०९ भाद्र २०७५खेलपाटी संवाददाता
एसियन गेम्सको आठौं दिन :  नेपालको पदक बिहिन यात्रा कायम
mustang rice ad

काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत आठौं दिन शनिबार पनि नेपालले पदक जित्न सकेन ।

पदकको आशा गरेको करातेमा नेपालका दुई खेलाडी कास्य पदक नजिक पुगेर पराजित भए । जसको कारण शनिबार पनि नेपालले पदक बिहिन यात्रा कायम राख्यो । करातेकी चन्चला दनुवार र रिता कार्कीले कास्य पदकको भिडन्तमा पराजित भएकी हुन् ।

आधा दर्जन खेलमा सहभागी नेपालले करातेमा बाहेक अन्य खेलमा उच्च प्रदर्शन गर्न सकेनन् । बक्सिङ नेपालको प्रदर्शन खराब रह्यो । एथलेटिक्सको म्याराथनमा दुई खेलाडीले दौड पुरा गर्न सकेनन् । एथलेटिक्समै नेपालकी विश्वरुपा बुढाले समयमा नाम दर्ता नगर्दा खेल्न पाइनन् ।

एसियन गेम्समा नेपाल पदकको प्रतिक्षामा रहदा चीनले आफ्नो शीर्ष स्थान यथावत राखेको छ । चीनले ७२ स्वर्णसहित कुल १५३ पदक जितेको छ । दोस्रो स्थान रहेको जापान ३४  स्वर्णसहित कुल १०९ पदक जितेको छ । २५ स्वर्णसहित कुल ८४ पदक जितेको दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ ।

 

नेपालको दोस्रो दिन कस्तो रह्यो ?

ब्याडमिन्टन :

ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी नङशल तामाङ शनिबार पराजित भएकी छन् ।

प्रिक्वाटरफाइनलमा नङशल जापानकी अकाने यामागुचीसंग २१–७ र २१–१२ को सोझो सेटमा पराजित भइन् । पुरुष डबल्सको प्रिक्वाटरफाइनलमा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडी मलेसियाका जोडीसंग २१–९ र २१–१२ को सोझो सेटमा हारे । उक्त खेलसंगै ब्याडमिन्टनमा नेपालको चुनौती समाप्त भएको छ ।

आर्चरी:

आर्चरीको रिकर्भ पुरुष टिममा नेपाल ताइपेइसंग ६–० ले पराजित भएसंगै आर्चरीमा नेपालको चुनौती समाप्त भएको छ । नेपालबाट तिलक पुन मगर, रोशन नगरकोटी र मिनप्रसाद गौचनले प्रतिस्पर्धा गरेका थिए । त्यसअघि नेपाली टिमले कतारलाई ६–० ले हराएको थियो ।

बक्सिङ :

बक्सिङको दोश्रो दिन ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पहिलो खेलमा हार व्यहोरे । पुरुष ४९ केजीमा नेपालका तेजबहादुर देउजा लाओसका खेलाडीसंग ३–१ तथा नेपालका भुपेन्द्र थापा जोर्डनका खेलाडीसंग ४–० ले पछि परे । महिला ६० केजीमा चीनकी खेलाडीले नेपालकी पुनम रावललाई ५–० ले निराश पारिन् ।

कराते :

करातेको पुरुष एकल कातामा नेपालका पर्शुराम बाँस्तोला पराजित भएका छन् । उनलाई कतारका अधम हसेलले ५–० ले पराजित गरे ।

सोही स्पर्धाको महिलामा नेपालकी चन्चला दनुवार पनि कांस्य पदकको रिपाजे भिडन्तमा थाइल्यान्डकी मोन्सिचा तारारात्तानकुलसंग ५–० ले पराजित भइन् । त्यसअघि क्वाटरफाइनलमा चन्चला मकाउ चीनकी लाम्सोइ साउसंग ५–० ले पराजित भएकी थिइन् । अर्को रिपाचे बाउटमा भने चन्चलाले कोरियाकी उइ जि काङलाई ३–२ ले पन्छाएकी थिइन् ।

महिला ६८ केजीमाथि क्वाटरफाइनलमा नेपालकी रिता कार्की चीनकी मेङमेङ साउसंग ३–० ले पराजित भइन् । कांंस्य पदकको रिपाजे बाउटमा पाकिस्तानकी नर्गिसले रितालाई ३–१ ले पाखा लगाइन् ।

एथलेटिक्स :

एथलेटिक्सतर्फको म्याराथनमा नेपालका गोपिचन्द्र पार्की र कृष्ण बहादुर बस्नेतले दौड पुरा गर्न सकेनन् । यस्तै १०० मिटर दौडमा याम साजन सुनार पहिलो चरणबाट बाहिरिए । महिला १० हजार मिटरमा नाम दर्ता नगर्दा विश्वरुपाले दौडमा सहभागिता जनाउन पाएनन् ।

 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस