स्केटबोर्डका नेरिशको विदाई
शनिबार, भदौ ९, २०७५खेलपाटी संवाददाता

काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्समा सहभागी हुन स्केटबोर्ड खेलाडी नेरिश थापाको विदाई गरिएको छ ।
नेरिशलाई नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघले शनिबार विदाई गरेको छ । नेरिशलाई संघका अध्यक्ष अच्युत खनाल र गृहमन्त्री राम बहादुर थापा 'बादल' ले जितको शुभकामना सहित विदाई गरे ।
नेरिश आजै बेलुका त्यसतर्फ प्रस्थान गर्नेछन् । आगामी मंगलबारबाट सुरु हुने स्केटबोर्डमा नेरिशले फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । स्केटबोर्डमा पालेङवाङमा हुनेछ ।
नेरिशलाई विदाई गर्दै गृहमन्त्री थापाले नेपालको लागि यो खेल नयाँ रहेको तर नेपालले पदक प्राप्त गर्न नसकिरहेको अवस्थामा स्केटबोर्डबाट पदक जितेर देशको नाम राख्न शुभकामना दिए ।












-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)