एजेन्सी । एभर्टनका डिफेन्डर यरी मिना केही हप्ता मैदान बाहिर रहने भएका छन् ।
पछिल्लो हप्ता अभ्यासको क्रममा मांसपेशीमा चोट बोकेका मिनाले प्रिमियर लिगको पुन सुरु हुन लागेको सिजनको सुरुवात गर्न नसक्ने भएका हुन् ।
कोलम्बियन अन्तराष्ट्रिय खेलाडी मिनाको बायाँ मांसपेशी च्यातिएको क्लबले जनाएको छ ।
सोही कारण उनी केही हप्ता मैदान बाहिर रहनेछन् । उनीको एभर्टनले पहिलो खेलमा लिभरपुलबिरुद्ध खेल्दै प्रिमियर लिगको सुरुवात गर्दैछ ।

२५ बर्षका मिना अहिले क्लबका मेडिकल स्टाफसंग पुर्नस्थापनाको काममा जुटिरहेका छन् ।
कोरोनाले लिग अबरुद्ध हुनुअघि मिनाले यस सिजन प्रिमियर लिगमा एभर्टनबाट २५ खेल खेलेका थिए ।
उनको चोट निको हुने चरणमा रहेको र राम्रो प्रगति देखिएको चिकित्सकले बताएका छन् ।