एजेन्सी । स्पेनिस प्रशिक्षक पेप ग्वार्डीओला क्लब फुटबलमा सफल प्रशिक्षक हुन् ।
इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डीओलाले क्लब फुटबलमा सबै उपाधि जितिसकेका छन् ।
जर्मनीको बायर्न म्युनिख र स्पेनिस क्लब बार्सिलोनालाई ठुला उपाधि दिलाउन सफल प्रशिक्षक ग्वार्डीओलाले राष्ट्रिय टिम भने हेरेका छैनन् ।
तर, ग्वार्डीओलाको सपना राष्ट्रिय टिमको प्रशिक्षक बन्ने रहेको खुलासा भएको छ ।
ग्वार्डीओलाका भाइ पेरे ग्वार्डीओलाले पेपको सपना राष्ट्रिय टिमको प्रशिक्षक बन्नु भएको खुलासा गरेका हुन् ।
'पेपले कुनै दिन राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने सपना देखेका थिए । तर, हामी हेर्छौ त्यस समय के हुन्छ । यदि उसले प्रस्ताव स्वीकार गर्यो भने,' उनका भाइले भने, 'वर्तमानको समयमा यो केहि होइन ।'
ग्वार्डीओलाले समेत राष्ट्रिय टिम हेर्ने इच्छा व्यक्त गर्दै आइरहेका छन् । यस अघि ग्वार्डीओलाले अर्जेन्टिना र ब्राजिलको टिम हेर्ने चर्चा समेत चलेको थियो ।