सिरी 'ए' को खेल तालिका सार्वजनिक, युभेन्ट्सले बोलोग्नासँग खेल्ने
मंगलबार, जेठ २०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको कारण स्थगित इटालियन सिरी 'ए' फुटबलको नयाँ खेल तालिका सार्वजनिक भएको छ ।
इटालियन फुटबल फेडेरेसनले जुन २० बाट सुचारु हुने लिगको खेल तालिका सार्वजनिक गरेको हो ।
फेडरेसनले सार्वजनिक गरेको खेल तालिका अनुसरा जुन २० मा दुई खेल हुनेछ । जसमा पर्माले काग्लियारी तथा एट्लान्टाले सासुलोसँग खेल्नेछ ।
यस्तै जुन २१ मा इन्टर मिलानले साम्पोडोरियासँग खेल्नेछ ।
लिग लिडर युभेन्ट्सले जुन २२ मा बोलोग्नासँग खेल्नेछ । त्यहिँ दिन एसी मिलानले लिसी र फियोरेन्टिनाले ब्रेसियासँग खेल्नेछ ।
यस सिजन युभेन्ट्स ६३ अंकसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको लाजियोको ६२ अंक रहेको छ ।












