एसियन गेम्स : शिरीष र टिसा हिट चरणमै रोकिए
बिहिबार, भदौ ७, २०७५खेलपाटी संवाददाता

काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पौडीमा नेपालका ओलम्पियन पौडीवाच शिरीष गुरुङ १ सय मिटर फ्रिस्टाइलमा हिट चरणबाट बाहिरिएका छन् ।
जकार्ता एक्वाटिक सेन्टरमा बिहिबार पुरुष १ सय मिटर फ्रिस्टाइलमा शिरीष आफ्नो हिटमा पुछारमा रहे । दोस्रो हिटमा रहेका शिरीषले ५७.९२ सेकेण्डको समय निकाले । यसअघि शिरीष ५० मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाट बाहिरिएका थिए ।
महिला ५० मिटर ब्रेस्ट स्टोकतर्फ नेपालकी टिशा शाक्य हिट चरणमै पराजित भईन् । आफ्नो हिटमा तेस्रो भएकी टिशाले ३९.४६ सेकेण्डको समय निकालिन ।















-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)