एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर माटियो डार्मिनले पूर्व सहकर्मी मार्कुस राष्फोर्ड उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
इटालियन क्लब पर्माका डिफेन्डर माटियोले फरवार्ड राष्फोर्ड उत्कृष्ट रहेको र उनी फ्रान्सेली स्टार केलियन एमबाप्पेकै स्तरमा पुग्ने बताएका हुन् ।
युनाइटेडमा रहदा राष्फोर्डले आफुलाई निकै प्रभावित बनाएको समेत माटियोले बताए ।
'मलाई युनाइटेडमा सबैभन्दा बढी उनले प्रभावित गरे । उ अझै युवा छ र अझै सुधार गर्न सक्छन । मेरो विचारमा उनी केलियन एमबाप्पेको स्तरमा पुग्छन्,' माटियोले गार्जियनसँग भने ।
"उनले मलाई युनाइटेडका सबै खेलाडीहरूमध्ये सबैभन्दा बढी प्रभावित गरे र उनी धेरै जवान छन् र अझै सुधार गर्न सक्दछन्। मेरो लागि, उहाँ किलियन एमबाप्लेको स्तरमा पुग्न सक्नुहुन्छ र आउँदो बर्षे ब्यालोन डी'ओआरको लागि प्रतिस्पर्धा गर्न सक्नुहुन्छ।"
इंग्ल्यान्डका २२ वर्षे फरवार्ड राष्फोर्डले यस सिजन क्लबका लागि १९ गोल गरेका छन् । तर, चोटका लागि जनवरीपछि उनले खेलेका छैनन् ।
'युनाइटेडको सिनियर टिमको पहिलो दिन मलाई अझै याद छ । उ अविश्वसनीय खेलाडी हो,' उनले थपे, 'उनले आफ्नो उमेरका खेलाडीका लागि धेरै प्रभावशाली कामहरू गरे र उनले मलाई वास्तवमै प्रभावित गरे।'
यस्तै ३० वर्षे डिफेन्डर माटियोले राष्फोर्डले बालोन डी'ओर अवार्ड जित्ने समेत बताए ।
'यदि राष्फोर्डले अहिले गरिरहेको कार्य जारी राख्यो भने उनी बालोन डी'ओर विजेता हुन्छन् । म यस कुरामा विश्वस्त छु,' उनले भने ।