थ्रीस्टार र सुदुरपश्चिमलाई एक एक अंक
शुक्रबार, ०१ असार २०७५खेलपाटी संवाददाता

काठमाडौं । ललित स्मृति यू - १८ फुटबल च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो खेलमा रुस्लान थ्रीस्टार क्लब र सुदुरपश्चिम फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेको हो । खेलमा दुवै टोलीले गोलको अवसर पाएपनि गोल गर्न सकेनन् ।
पहिलो खेलमा थ्रीस्टार मनाङलाई हराएको थियो । पहिलो खेलमा हार ब्यहोरेको सुदुरपश्चिमले भने यो खेलसंगै १ अंक जोडेको छ ।










%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)


