इंग्ल्यान्डका पूर्व डिफेन्डर चेरीको निधन
बिहिबार, बैशाख १८, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्ड फुटबल टिमका पूर्व डिफेन्डर ट्रेभोर चेरीको निधन भएको छ ।
लिड्सका लिजेण्ड पूर्व डिफेन्डर चेरीको ७२ वर्षमा निधन भएको हो ।
इंग्ल्यान्ड फुटबल एसोसियसनले बिहिबार चेरीको निधन भएको पुस्टि गरेको छ । तर, उनको निधनको कारणबारे खुलाईएको छैन ।
हडर्सफिल्डमा लिड्स आएका उनले क्लबका लागि ४ सय ८६ खेल खेलेका थिए । उनले लिड्सबाट लिग च्याम्पियनसिप जितेका थिए ।
इंग्ल्यान्डका लागि २७ खेल खेलेका चेरी सन् १९८० को युरोकपमा टिमका महत्वपूर्ण सदस्य थिए ।








-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

