एजेन्सी । युभेन्ट्सले म्यान्चेष्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बासंग आफ्ना दुई खेलाडी साटफेरको प्रस्ताव गर्ने तयारी गरेको छ ।
प्रिमियर लिग क्लबले नयाँ सिजन युभेन्ट्सका डुगलस कोस्ट र मिरलेम पेनामिकलाई ओल्डट्राफोर्डमा उतार्न सक्नेछ ।
युनाईटेडसंग पोग्बाको सम्झौता करिब एक बर्ष बाँकी छ । युनाईटेडले पोग्बालाई सहमत बनाउन नसकेको अवस्थामा फ्रान्सेली मिडफिल्डरले नयाँ सिजन फरक गन्तव्य रोज्नेछन् ।
स्पेनिस क्लब रियल मड्रिडले समेत फ्रान्सको विश्व विजेता टिमका सदस्य पोग्बालाई अनुबन्ध गर्न ईच्छा देखाएको छ ।
तर युभेन्ट्स क्लबका पुर्व खेलाडी पोग्बालाई यस समर ट्रान्सफरमा अनुबन्ध गर्न चाहन्छ ।
ईटालियन महारथी क्लब युभेन्ट्सले सन् २०१८ मा रियल मड्रिडबाट क्रिस्टियानो रोनाल्डो र गत बर्ष मात्र अजाक्सबाट म्याथिज डी लिटलाई अनुबन्ध गरेको थियो ।
रियल पोग्बाका लागि नगद पैसा समेत तिर्न तयार छ । तर युभेन्ट्सले आफ्ना दुई खेलाडीलाई पोग्बासंग साटफेर गर्न चाहेको छ ।
ब्राजिली कोस्टा र बोस्नियाका प्लेमेकर पेनामिक युभेन्ट्सका पहिलो टिमका महत्वपूर्ण सदस्य हुन् ।
युभेन्ट्सको सम्भावित प्रस्ताव युनाईटेड प्रशिक्षक आले गुनर सोल्सायरको नयाँ सिजनको टिम छनोटले तय गर्नेछ । कोस्टा र पेनामिकको अनुबन्धले युनाईटेडले ईच्छा गरिरहेका बोरुसिया डर्टमण्डका जाडोन साञ्चो र लेस्टर सिटीका जेम्स माडिसनको ढोका बन्द हुनेछ ।
सोल्सायर युवा खेलाडी समावेश गर्दै युनाईटेडको टिम निर्माण गर्न चाहन्छन् । युनाईटेडले बर्षको अन्तिममा पोग्बासंग ५ बर्षको नयाँ सम्झौताका प्रस्ताव गर्ने अन्तिम तयारी गरेको छ ।