एजेन्सी । वाटफोर्डले फ्रेन्च मिडफिल्डर पोप गुईयेलाई अनुबन्ध गरेको छ ।
प्रिमियर लिग क्लबले फ्रान्चको दोस्रो डिभिजनको क्लब लि हार्भेका मिडफिल्डरलाई ५ बर्षका लागि अनुबन्ध गरेको हो ।
गुईयेको वाटफोर्डसंगको सम्झौता जुलाई १ बाट सक्रिय हुनेछ ।
वाटफोर्डले नयाँ सिजनका लागि पहिलो खेलाडीको रुपमा फ्रेन्च मिडफिल्डर अनुबन्ध गरेको हो ।
मंगलबार मात्र फ्रान्समा लिग वान सहित दोस्रो डिभिजनको फुटबलको सिजन समेत रद्ध भएको थियो । फ्रेन्च प्रधानमन्त्रीले सेप्टेम्बरसम्म सबै खेल गतिविधिमाथि प्रतिबन्ध लगाएका थिए ।
वाटफोर्डले फ्रान्सका युवा खेलाडीसंग सम्झौता प्रक्रिया पुरा भएको जनाएको छ । वाटफोर्ड प्रिमियर लिगमा रेलिगेशन जोन भन्दा एक स्थान मात्र माथि छ ।
कोरोना भाईरसको महामारीका कारण बेलायतमा मार्च ७ बाट फुटबल अनिश्चित समयका लागि स्थगित भएको छ ।